पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा २८ कलिका बिमिरापानीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने आत्रीय गोत्रका पौडेल बन्धुहरुले धुमधामका साथ कुल पुजा गरेका छन्।
पोखरा २८ कालिमाटे,डिहीमा रहेको कुल देवता मन्दिरमा पुगी उनीहरुले विधिपुर्वक पुजा आजा गरेका हुन् । पुजामा पोखरा भन्दा बाहिर रहेका पौडेल बन्धु बान्धवहरूको पनि बिशेष सहभागिता रहेको थियो ।
पौडेल कुल मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव पौडेलले समितिको हालसम्मको आयव्यय प्रस्तुत गर्नुेका साथै भावी योजनाहरू समेत सुनाएका थिए ।
मनोहरि पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा कुल देवता मन्दिर परिसरमा निर्माण गरिएको ट्रस निर्माता सुशील पौडेल मन्दिर बिस्तारमा जग्गा उपलब्ध गराउने जग्गादाताहरू खेमराज पौडेल,सावित्री पौडेल,कृष्ण प्रसाद पौडेल,रामजी प्रसाद पौडेल,बद्री प्रसाद पौडेल, मन्दिरमा आवश्यक भाडाकुडाहरू उपलब्ध गराउने रूद्र प्रसाद पौडेल तथा आर्थिक सहयोग गर्ने सयोगदाताहरूलाई सम्मान गरिएको थियो ।
प्रत्येक बर्षहरूमा पौडेलहरूको कुलपुजा हुदै आईरहेकाे उक्त कार्यक्रममा समितिका सल्लाहकारहरू नवराज पौडेल,राधामोहन पौडेल समितिका कोषाध्यक्ष सुर्यराज पौडेल, सदस्य खेमराज पौडेल,राधिका पौडेल लगाएतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया