पोखरा एक्सप्रेस ,पोखरा
कास्कीको अन्नपूर्ण गाउँ पालिकाले एक घर एक करेसावारि कार्यक्रम शुरूवात गरेको छ।
मंगलबार उक्त पालिकाको वडा न ८ बिरेठाटीमा एक विशेष कार्यक्रमको आयोजना गरेर सो शुरूवात गरिएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सो कार्यक्रम शुरूवात गर्नुभएको हो।
सो अबसरमा प्रमुख पौडेलले घर घरमा करेसाबारी निर्माणको कार्यलाई प्राथमिकतामा राखेकोमा पालिकालाइ धन्यवाद व्यक्त गर्दै तरकारीमा आत्मनिर्भरताको अबस्था संगै घर घरलाइ आय आर्जनमा समेत उपयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो। पालिकाले प्रदान गरेको महत्त्वपूर्ण अबसरको सदुपयोग गर्न स्थानियलाई आग्रह गर्नुभयो ।
सो पालिकाका अध्यक्ष बिष्णु बहादुर के सि ले “कृषि ,पर्यटन ,उर्जा र पूर्बाधार ,अन्नपूर्ण समृद्धिको आधार ” भन्ने मूल नारालाई सफल बनाउन सो कार्यक्रम शुरूवात गरिएको उल्लेख गर्नुभयो । पालिकाका ११ वटै वडालाइ कृषीका विभिन्न बिधामा पकेट क्षेत्र निर्माणको रणनीतिमा पालिकाले योजनाबद्ध काम गरेको उल्लेख गर्दै संचालित कार्यक्रमबाट अत्याधिक लाभ लिन आग्रह गर्नुभयो । स्थानिय कृषकहरूलाइ कृषिमा जागरुक बनाउदै आय आर्जनमा समेत सहयोग पूर्याउनु लक्ष्य रहेको उल्लेख गर्नुभयो । कृषि मैत्री कार्यक्रम प्राथमिकतामा राखेको भन्दै सो पालिकाका विभिन्न बिकास निर्माणका कार्य सहित आगामी कार्यक्रमका सम्बन्धमा जानकारी दिनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी ,वडा न ८ का कार्यबाहक अध्यक्ष गौमाया नेपाली जिल्ला समन्वय अधिकारी नवराज बराल ,सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल ,जिल्ला समन्वय समिति कास्कीका सदस्यद्वय बालिका सुवेदी ,गणेश बहादुर जि सि , जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्मा सहितले स्थानिय कृषकहरूलाइ बीउ बिजन ,कृषि उपकरण ,प्रबिधि समेत हस्तान्तरण गर्नुभएको थियो।
गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के सि को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया