पोखरा एक्सप्रेस ,काठमाडौं।
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन्। मर्ज भएका दुई कम्पनीले असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्।
मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जनाएको छ। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ।
एकीकृत कारोबारका लागि असार २५ गते एक दिन दुवै संस्थाको सम्पूर्ण सेवा बन्द रहनेछन् भने २६ गतेबाट सेयर कारोबार रोक्का रहनेछ। समृद्धिका सम्पूर्ण सम्पत्ति र दायित्व पोखराले सकार्ने गरी मर्जर सहमति भएको छ।
तपाईको प्रतिक्रिया