पोखरा एक्सप्रेस ,दमौली ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्की ले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई भुईँ तहबाटै पहिचान गरी कडाइका साथ समाधान गर्न आग्रह गर्नुभएको छ।
मन्त्री कार्कीले गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी रजिस्ट्रार कार्यालय, पोखराको आयोजनामा दमौलीमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो।
मन्त्री कार्कीले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउँदै अनियमितता नियन्त्रण गरेर सुसन्स्कृत ,प्रभाबकारी र ब्यबस्थित सहकारी क्षेत्रमा सबैको हातेमालो जरुरी भएको भन्दै समृद्धिको महत्त्वपूर्ण सहयात्री सहकारीका काम उत्पादनमुखी बनाउनेतर्फ निर्माणगर्नु पर्ने नितिगत ब्यबस्थाका बारेमा खुलेर सुझाव दिन आग्रह गर्नुभयो ।
समुन्नत समाज निर्माणका लागि कृयाशिल, पारदर्शी र ब्यबस्थित सहकारीको उत्कृष्ट भुमिका रहने भन्दै सहकारीका सिद्धान्त मात्रै परिपालना गर्दा पनि सो सम्भब हुने उल्लेख गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा सहकारी व्यवस्थापन सुधार, प्रभावकारी अनुगमन, सदस्य हित र उपभोक्ता प्रबर्द्धन , संरक्षण तथा कानुनी कार्यान्वयन सुदृढ गर्ने विषयमा छलफल भएको थियो।कार्यक्रममा तनहुँस्थित स्थानीय तहका पदाधिकारी तथा सहकारी बिभाग हेर्ने कर्मचारीहरू एबम सरोकारवाला हरूको उपस्थिति रहेको थियो।कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले, गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजाल तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले सहकारी क्षेत्रका समस्या ,समाधान र भाबी दिनमा प्रदेश सरकारको भुमिका सम्बन्धमा प्रकाश पार्नु भएको थियो।
तपाईको प्रतिक्रिया