नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष पौडेल सम्मानित
- Pokhara Express
- २०८३ जेठ २३ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
पौडेल वंश महासंघ गण्डकी प्रदेशद्धारा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार रमेश पौडेल सम्मानित हुनुभएको छ ।
गण्डकी प्रदेशको तेस्रो साधारण सभाको अवसरमा नेपालको पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गरेबापत उहाँलाई सम्मान गरिएको हो ।
त्यसैगरी हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय छत्रधर आत्रेय होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुनिता पन्त पौडेललाई समेत सम्मान गरिएको छ ।
केन्द्रिय अध्यक्ष हरेराम पौडेलले सम्मान गर्नुहुदै पत्रकार पौडेल तथा पौडेल वंशको बारेमा चर्चा गर्नुभयो ।
उहाँले वंशीय एकता, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको महासंघले गण्डकी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्ति पौडेलले सो संस्थामा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
सभामा काँग्रेस नेतृ शारदा पौडेलले समुदायको इतिहास, संस्कृति, वंशावली संरक्षण तथा सामाजिक एकतालाई सुदृढ बनाउन महासंघको भुमिका अझै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सरकारका महान्यायधिवक्ता चिरञ्जिवी शर्मा पौडेलले वंशावली अभिलेखीकरण, सामाजिक सद्भाव, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले गरेका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । ।
त्यसैगरी महासंघका गण्डकी अध्यक्ष रामजी पौडेलले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा पौडेल समुदायको बसोबास रहेको जानकारी दिनुभयो ।
त्यस्तै सचिव धनञ्जय शर्मा पौडेलले प्रदेशभर जिल्ला, महानगर, नगर तथा पालिका समितिहरू गठन गरी संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । प्रा.डा कृष्ण पौडेलले वंशवालीमा एकरुपता हुनुपर्नेमा जोड दिनुभयो ।
साधारणसभामा आगामी कार्यकालका लागि संगठन सुदृढीकरण, वंशावली संकलन, सामाजिक सेवा तथा युवा सहभागिता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया