पोखरा एक्सप्रेस ,पोखरा ।
ज्येष्ठ नागरिक सरोकार समाज नेपालले ज्येष्ठ नागरिको हितलाई लक्षित गरी आज एक दिवशीय स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा कार्यक्रम संयोजक प्राडा.सरस्वती शर्माले महिला तथा छाला रोग, डा यज्ञमान शाक्यले हाडजोर्नी तथा नशा र डा.कालु शर्मा सुवेदीले आहारविहारका सम्बन्धमा सचेतनामुलक जानकारी गराउनुुभएको थियो ।
कुल ७५ जना ज्येष्ठ नागरिक सहभागी कार्यक्रममा युआरएलका तर्फबाट ४५ जना ज्येष्ठ नागरिकको निशुल्क रक्त परीक्षण गरिएको थियो भने गण्डकी मेडिकल कलेजका तर्फबाट डा.अध्यात्मराज घिमिरे र डा. लेगिस थापाले निशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
समाजका अध्यक्ष नारायणप्रसाद सुवेदीको सभापतित्व एवम् सचिव सहप्रा अम्बिकाप्रसाद भट्टराईले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशवप्रसाद ढकालले गर्नुुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक सरोकार केन्द्रका केन्द्रीय सदस्य अमरनाथ शर्मा, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष गिरीधारी सुवेदी, युआरएलका अध्यक्ष ठाकुर पन्त र व्यवसायी युवराज कुँवर लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो ।
कार्यक्रममा बरिष्ठ पत्रकार नारायण कार्की, समाजका अक्षयकोषदाता, सल्लाहकार, आजीवन तथा साधारण सदस्यको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया