लायन्स क्लब अफ पोखरा मार्दीको अध्यक्षमा रिजाल चयन
- Pokhara Express
- २०८२ चैत २० शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल अन्तर्गत लायन्स क्लब अफ पोखरा मार्दीको लायन वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको अध्यक्षमा उमाकान्त रिजाल चयन भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा अर्जुन प्रसाद पौडेल, सचिवमा पंकज कुमार धामी चयन भएका छन् ।
यसैगरी सह सचिवमा लायन अर्जुन बहादुर क्षेत्री, कोषाध्यक्षमा खिम बहादुर भुजेल(कुमार), क्लब एड्मनिस्टेटर मनोज कुमार अधिकारी र श्याम प्रसाद भुषाल, सदस्यता वृद्धि प्रमुखमा अर्जुन बास्तोला, एलसीआईएफ कोअर्डिनेटरमा नारायण बडुवाल, मेडिया कोडिनेटर सागर राज तिमिल्सिना, खेलकुद निर्देशक लेखनाथ न्यौपाने, आर्थिक निर्देशकमा नवराज बराल चयन भएका छन् ।
नव–निर्वाचित कार्यसमितिलाई डिष्ट्रिक्ट ३२५ एलका प्रथम भाइस गभर्नर इलेक्ट तेज नारायण पराजुली, डिष्ट्रिक्टका साहेक प्रमुख सल्लाकार राजु अधिकारी, साहेक प्रमुख सल्लाकार ज्ञानेन्द्र कोइराला, क्लबका संस्थापक अध्यक्ष मनोज कुमार अधिकारी लगातएले शुभकामाना दिदै क्लबलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा अग्रसर हुन आग्रह गरे ।
लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष सुमन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक श्याम प्रसाद भुषालको संयोजनकत्वामा निर्वाचन समिति सम्पन्न भयो ।
सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई
पोखरा, १९ चैत÷ ६९ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् ।
प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर्ष “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित दिवस मनाइदै छ ।
पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले बताए । उनले सहकरीले सामाजीक क्षेत्रमा बेला बेला विभिन्न काम गर्दै आएको बताए ।
पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया