पोखरा एक्सप्रेस ,पोखरा ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरातर्फ आउँदै गरेको ग ६ प १६३० नं को मोटरसाइकलमा सवार जिल्ला गोरखा अजिरकोट गा.पा.वडा नं३ बस्ने बर्ष २५ को प्रकाश गुरुङ रहेका छ्न।
उनको साथबाट लागू औषध गाँजा तौल गर्दा २ के जी ९०० ग्राम, मोबाईल थान १ र नगद रु।१,०००।– समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गुरुङलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ।
तपाईको प्रतिक्रिया