पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणलाई सातै प्रदेशमा पठाउने गरी ५० हजार वटा नयाँ विद्युत् मिटर उपलब्ध गराइएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ।नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई नजिकको प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सकिनेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मिटर वितरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउन प्रदेश स्तरमा मिटर पठाइसकिएको जानकारी दिँदै आवश्यक सेवाग्राहीले तोकिएको प्रक्रिया पूरा गरी नयाँ मिटरका लागि आवेदन दिनुपर्नेछ।विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया