पोखरा एक्सप्रेस ,परासी ।
नेकपा एमाले नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले वार्षिक कार्ययोजना र विधान मस्यौदा सर्वसम्मत पारित गरेको छ । जिल्लाको सरावल गाउँपालिकामा सम्पन्न जिल्ला कमिटीको चौथो पूर्ण बैठकले महत्वपूर्ण छलफलसहित निर्णय गरेको एमाले नवलपरासीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको बैठकले एक वर्षे कार्ययोजना र पार्टीको विधान महाधिवेशनमा पेश हुने प्रस्तावित मस्यौदा सर्वसम्मत पारित गरेको जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
बैठकले पार्टी सदस्यता वृद्धि गर्ने, जरा अभियानलाई निरन्तरता दिने,सातै पालिकामा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यालयमा नियमित प्रशिक्षण सञ्चालन गर्नेसहित संगठन विस्तारलाई जोड दिँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको भण्डारीले बताउनुभयो ।
उक्त अवसरमा केन्द्रीय सल्लाहकार खिमलाल पोखरेल,केन्द्रीय प्रशिक्षण विभाग सदस्य बद्री खनाल,प्रदेश सदस्यहरु लगायतको पनि सहभागिता थियो ।
तपाईको प्रतिक्रिया