कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरीमा ४४ औं हरितालिका तीज मेला
भदौ ८ देखी हुने भएको छ । ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा हुँदै आइरहेको
मेलाको अवसरमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता समेत हुने भएको छ ।
मेला र प्रतियोगिताबारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेला
संयोजक तथा अध्यक्ष विरेन्द्र गुरुबले मेलाको आकर्षणको रुपमा फुटबल रहँदै आएको
यस पटकबाट अध्यक्ष कप नाम राखिएको सुनाए ।
प्रतियोगिताको विजेताले तीन लाख तीन हजार तीन सय रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र
प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले एक लाख ७२ हजार रुपैयाँसहित शिल्ड, मेडल र
प्रमाणपत्र प्राप्त गर्ने गुरुबले बताए । यस्तै अनुसाशित टिमलाई १५ हजार, सर्वोत्कृष्ट
खेलाडीलाई १० हजार तथा सर्वाधिक गोलकर्तालाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ । महिलाहरु
का लागि तीज गीत प्रतियोगिता र रस्साकसी तथा पुरुष ठेलो प्रतियोगिताको समेत आयोजना हुनेछ
।
पुर्खाको विरासत, ढिकुरपोखरी तथा अन्नपूर्ण गाउँपालिकाकै सबैभन्दा पुरानो र ठूलो
ऐतिहासिक उत्सवको रुपमा मेला रहँदै आएको गुरुबले बताए । २०४६ सालदेखी तीन मेला
विद्यालयमा सञ्चालन हुँदै आइरहेको र विद्यालयले नै सञ्चालन गरेपनि पछिल्लो समय क्लबले
उक्त मेलाको आयोजना गर्दै आइरहेको छ । विगत देखी नै फुटबल प्रतियोगिताको
आयोजना गर्दै आइरहेकाले यसलाई निरन्तरता दिदैँ आउँदा अन्नपूर्ण गाउँपालिका
संरक्षक तथा प्रबद्र्धकको रुपमा रहेकाले पुरुष फुटबललाई प्रथम अध्यक्ष कप बनाइएको
उनले बताए । उनका अनुसार गण्डकी प्रदेशका ८ फुटबल क्लबको सहभागिता रहनेछ । ।।।
पुर्खाहरुले नै फुटबल प्रतियोगिता गर्दै आउनुभएको थियो । तीज मेला भन्ने वित्तिकै
यहाँ फुटबल हुन्छ भनेर सबैले बुझ्छन’ उनले भने, ।।।हामीले त्यसैलाई अघि
बढाएका हौं । फुटबल र तीज मेलाको यहाँ सम्बन्ध नै भइकसकेको छ ।’ फुटबल
भदौ ८ गतेदेखी ११ गतेसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया