पोखरा एक्सप्रेस ,काठमाडौँ ।
एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ ।स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग जोडिन सफल भएको हो ।
बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरेको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया भन्छन्, ‘यस दौरानमा हामी प्रति अनवरत रूपमा अगाध स्नेह एवं भरोसा दर्साइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहक महानुभावहरू, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।’
‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौँ,’ उनले थपे ।
तपाईको प्रतिक्रिया