२ असार, पोखरा ।
नेपाली काँग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।महानरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो ।
यसअघि कास्की काँग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिक समेत गरेको थियो । पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की काँग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषयहरु समावेश गरिएका ११ बुँदा छन् ।
तपाईको प्रतिक्रिया