पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
विजेता तथा उप–बिजेता टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कृत गर्नुभएको हो । यसअघि कलेजले प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फुटवल, बास्केटबल लगायतका प्रतियोगिताहरु सम्पन्न गरेको थियो ।
तपाईको प्रतिक्रिया