पोखरा एक्सप्रेस ,काठमाडौँ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले रातोपाटीलाई जानकारी दिइन् ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्। नतिजा कसरी हेर्ने?विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्:
- वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://result.neb.gov.np) वा नेपाल टेलिकमको [neb.ntc.net.np](https://neb.ntc.net.np) मा लगइन गरेर।
- SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर।
- IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट।
तपाईको प्रतिक्रिया