पोखरा एक्सप्रेस ,भैरहवा।
रुपन्देहीको बुटवलबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो।
प्रहरीले पक्राउ परेकामध्ये ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली शुआनहेई, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका जनाएको छ।
अनुसन्धानका क्रममा उनीहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटीएम, मोबिक्विक तथा फोनपेलगायतका डिजिटल भुक्तानी तथा क्रिप्टोकरेन्सी एप्स र वेबसाइटमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिया