पोखरा एक्सप्रेस ,पोखरा ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महिला हिंसा विरुद्ध सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले सहजीकरण गर्दै १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य र यसले उठाउने संवेदनशील मुद्दाहरूबारे विस्तृत जानकारी गराइन् । उनले लैंगिक हिंसा रोकथामका लागि सचेतनाको खाँचो औल्याउँदै भनिन् “१६ दिने अभियान केवल प्रतीकात्मक रूपमा मनाउने दिन होइन, महिलालाई सक्षम, सचेत र आत्मविश्वासी बनाउने दीर्घकालीन अभ्यासको सुरुआत हो। यस्त सचेतका कार्यक्रमको माध्यमबाट महिला हिंसा पहिचान, रोकथाम र प्रतिकार्यता बढाउन सकिन्छ।”

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने पोखराको पर्यटन क्षेत्रमा पर्यटन व्यवसायी महिलाको भुमिका महत्वपूर्ण रहेको जनाउँदै,यस्ता सचेतना कार्यक्रमले महिला अधिकार स्थापित र आत्मनिर्भर हुन जागरुक गराउने धारणा राखे ।
कार्यक्रममा संस्थापक अध्यक्ष जमुना पराजुलीले समतामूलक समाज निर्माणका लागि लैंगिक विभेद अन्त्य अनिवार्य रहेको बताइन्। उनले महिलालाई सशक्त, सक्षम र आत्मनिर्भर बनाउन ओटेफले आगामी दिनमा अझ संस्थागत तालिम तथा अभियान विस्तार गर्नुपर्नेमा जोड दिइन ।
अध्यक्ष ममता न्यौपानेले पर्यटन क्षेत्रमा कार्यरत महिलाहरू एकताबद्ध हुँदै अगाडि बढिरहेको बताउँदै, तालिम र नेतृत्व विकासका कार्यक्रमले महिलाको सहभागिता र पहुँच सबै क्षेत्रमा बढाउनेमा विश्वास व्यक्त गरिन् ।
संस्थाका उपाध्यक्ष लक्ष्मी लामिछानेले स्वागत र महासचिव भावना रानाभाट कार्यक्रम संचालन गरेकी थिइन । संयोजक पवित्रा कँडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यत्त गर्दै महिला सशक्तीकरण र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई दीर्घकालीन परिवर्तनको आधारका रूपमा लिनुपर्नेमा जोड दिएकी दिइन । कार्यक्रममा ८० जना सदस्यको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया