पोखरा एक्सप्रेस ,पोखरा ।
आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । सहयोग प्रदान गर्दै अध्यक्ष लामिछानेले मानिस शारीरिक रुपबाट मात्र नभइ मानसिक रूपमा पनि खुसी रहन यस्तो कार्यक्रमबाट मद्दत पुग्ने बताउनुभयो । उहाँले आफ्नो समूहले विगतका वर्षहरूमा पनि उक्त धामका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता प्रदान गरिने बताउनुभयो ।
सहयोग रकम बुझ्दै धामका प्रमुख विष्णु वशिष्ठले समूहको यो सहयोग आफ्नो संस्थाको लागि महत्त्वपूर्ण सहयोग भएको औल्याउनुभयो । अन्य संस्थाबाट पनि यस किसिमको सहयोग प्राप्त भए त्यहाँ आश्रित बालबालिका साथै धामलाई पनि सहज हुने उहाँको भनाइ थियो ।
समितिका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले आश्रय अभियान मार्फत सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोग कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बारे प्रकाश पार्नुभयो । आयोजक समितिका सचिव कृष्णप्रसाद ढुङ्गानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सहयोग समारोहमा धाममा रहेका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया