पोखरा एक्सप्रेस ,पोखरा।
आध्यात्मिक गुरु श्री श्री रविशंकरको ७०औँ जन्मोत्सव तथा ’द आर्ट अफ लिभिङ फाउन्डेसन’को ४५औँ स्थापना दिवसको अवसरमा पोखरामा वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘वार्षिक मे १३ सेवा अभियान’ अन्तर्गत आर्ट अफ लिभिङ पोखरा च्याप्टरले यस कार्यक्रमको आयोजना गरेको हो ।
डा.डनजन लामिछानेको विशेष समन्वयमा आयोजित उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका संयोजक श्री शिवप्रसाद द्वाले प्रदेश संयोजक श्री नरेश भट्टराईलाई रक्तव्याग हस्तान्तरण गरी गर्नुभएको थियो ।
मानवीय सेवाको उद्देश्यले आयोजित उक्त कार्यक्रममा १०५ युनिट रगत संकलन गरिएको थियो , जसले पोखरामा भइरहेको रगतको अभावलाई पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको प्रदेश संयोजक नरेश भट्टराइले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा ११० जनाभन्दा बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । स्वास्थ्य परीक्षण अन्तर्गत नाक, कान, घाँटी –९भ्ल्त्०, हाडजोर्नी, मधुमेह (सुगर) परीक्षण तथा बीएमआई ९द्यःक्ष्० मापन सेवा प्रदान गरिएको थियो ।
वैशाख ३० गते विशेष समारोहको आयोजना
गुरुदेव श्री श्री रविशंकरको जन्मोत्सवको पावन अवसर पारेर आगामी वैशाख ३० गते पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा विशेष समारोह आयोजना गरिने भएको छ ।
सो कार्यक्रममा गुरु पूजा, सत्सङ्ग तथा प्रसाद वितरणको व्यवस्था गरिएको आर्ट अफ लिभिङ पोखरा च्याप्टरले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित भई जन्मोत्सवको मनाउन सम्पूर्ण महानुभावहरूमा निमन्त्रणा समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया