पोखरा एक्सप्रेस ,काठमाडौं ।
कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट १६६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको भिक्टोरिया चोकबाट पनि हिजो बेलुका आठ बजे एक ग्राम ५१० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा स्थानीय ८९ वर्षीय विजय लिम्बू र ३५ वर्षीय पूर्ण श्रेष्ठ छन् । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
तपाईको प्रतिक्रिया