कला क्रान्ति अवार्डबाट कलाकार तथा सञ्चारकर्मी सम्मानित
- Pokhara Express
- २०८३ असार २२ सोमबार
पोखरा एक्सप्रेस ,खोटाङ ।
नगेन आर्ट एकेडेमीले आज खोटाङमा आयोजित एक समारोहका बीच कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । खोटाङमा सञ्चालन भैरहेको मझुवागढी मूर्ति कार्याशाला समेतको सन्दर्भ पारेर उहाँहरूई सम्मान गरिएको हो ।
कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै संस्थाले ललितकला डायमन्ड वर्ष व्यक्तिका रुपमा भुवन थापालाई सम्मान गरेको छ ।
त्यस्तै ललितकला डायमन्ड वर्ष पुरुषका रुपमा नरबहादुर विके र ललितकला डायमन्ड वर्ष नारीका रुपमा इन्दिरा श्रेष्ठ (कमला)लाई जनही ५०/५० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
त्यस्तै ललितकला डायमन्ड वर्ष समिक्षकका रुपमा रासस वागमति प्रदेश प्रमुख वासुदेव पौडेल, कला क्रान्ति वर्ष मूर्तिकारका रुपमा केडि देवान, सुष्मा रुेष्ठ, कृष्ण चौलागाई, चित्रबहादुर थापा मगर(सुमन), धिरज राई र गोपी श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै एम एफ हुसैन इन्टरनेशनल अवार्डबाट भारतको कलकत्ताका सर्फुदिन अहमदलाई सम्मान गरियो ।
उहाँहरूलाई खोटाङको दिक्तेल रुपाकोट मजुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नेपाललाई विश्व उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअचियानका निर्देशक एवम् कार्यक्रमका सभापति नकुल सिंह, विश्व कलायात्री प्राज्ञ नगेन सिंह लगायतले सम्मान गर्नुुभएको थियो ।
कार्यक्रममा नगरपालिका प्रमुख भट्टराईले कला क्षेत्रको समुन्नति हुनुपर्छ भन्ने सोचका साथ नगरपालिकाले कला क्षेत्रलाई प्रातमिकतामा राखेको बताउनुभयो ।
कला क्षेत्रत्रको विकासकै लागि पालिकाले कला संगहालय स्थापना, बाँस पार्क आदि संरचना निर्माण गर्न लागेको बताउनुुभयो ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने किसिमले २०६४ सालबाट यो कार्यक्रम सञ्चालन गर्दै आइएको बताउनुुभयो ।
सम्मानित व्यक्तित्वका तर्फबाट रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेल, कार्यक्रमका सभापति नकुल सिंह लगायतले कलाकारहरू समाजमा सम्मानपूर्वक वाँच्न पाउने किसिमका कार्यक्रमहरू राज्यको प्राथमिकतामा पर्नुुपर्ने बताउनुुभयो ।
“कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिताअन्तर्गत एम एफ हुसेन इन्टरनेशनल अवार्डबाट अन्तराष्ट्रिय कलाकार सर्फुदिन अहमद पुरस्कृत
नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’, ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दछ ।
पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैं, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद्, कलाकार नगेन सिंह ठकुरीले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताउनुुभयो ।
प्रतियोगिताका निर्णयकमा प्रोफेसर. डा. सुमेरा जवाद, ग्लोबल र्भस्टाईल आटिस्ट (कलेज अफ आर्ट एन्ड डिजाइन, पञ्जाब विश्वविद्यालय, पाकिस्तान), दादुल चालिहा (ग्लोबल आर्टिस्ट, गुवाहाटी, असम, भारत), प्रोफेसर डा. ओरहान सेब्राइलोग्लु प्रोफ. सेल्चुक युनिभर्सिटी
( टर्की), रे मर्स्डेन वरिष्ठ कलाकार(अष्ट्रेलिया), एनबी गुरुङ, अ ग्लोबल प्यासनेट आर्टिस्ट,(अध्यक्ष, आईडब्ल्यूएस नेपाल) र प्राज्ञ नगेन सिंह ठकुरी (पूर्व प्राज्ञ सभासद्, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) रहनुुभएको थियो
तपाईको प्रतिक्रिया