पोखरा महानगरको श्रमिकहरूलाई सम्मान
- Pokhara Express
- २०८३ बैशाख २३ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा महानगरपालिकाले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा निरन्तर श्रममा आबद्ध श्रमिकहरू, स्वरोजगार उद्यमीहरू र सीपमूलक तालिम पश्चात् रोजगारीमा आबद्ध विभिन्न १२ जना व्यक्तिहरूलाई सम्मान गरेको छ ।
महानगरपालिकाले स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र शर्मालाई सम्मान गरेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुुसार रोजगातर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जुु लामिछाने सम्मानित बन्नुुभएको छ ।
कार्यकम्रका अवसरमा मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुुप्रसाद पौडेल र बालकुमार खवास सम्मानित बन्नुुभएको उहाँले बताउनुुभयो ।
सम्मानित मध्ये छ जना विभिन्न क्षेत्रमा १० वर्ष भन्दा बढी एउटै व्यावसायिक प्रतिष्ठानमा सेवा गर्नुहुने कर्मचारी र मजदुर तथा अन्य छ जना मध्ये तीन जना महानगरले तालिम दिएर जागिरमा जोडिनुभएका र तीन जना तालिम पछि स्वरोजगार भएर अरुलाई पनि रोजगार दिने बन्नु भएका हुनुहुन्छ । उहाँहरूलाई खादा माला सहित जनही पाँच हजार १०० रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो।
उक्त अवसरमा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत विभिन्न प्रकारको सीपमूलक तालिम प्राप्त गरेका दुई सय जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सम्मान गरिने व्यक्ति छनौटका लागि आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको संयोजकत्वमा गोकर्र्ण कार्की, जानुका पराजुली, रुद्र खत्री, मुरारी शर्मा, रुद्र गौतम, विष्णु दाहाल र नबराज अधिकारी सदस्य रहनुुभएको छनौट समिति गठन गरिएको थियो ।
सम्मान कार्यक्रमममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यक्तिलाई व्यवहारिक ज्ञान र दक्षता अभिवृद्धि गर्दै रोजगारीका अवसरहरू बढाउन यस्ता प्रकारका तालिमहरूको ठूलो महत्व हुने बताउँदै यसले बेरोजगारी घटाउन, आत्मनिर्भर बन्न र आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पु¥याउने बताउनुुभयो । तालिम मार्फत बजारको माग अनुसार सीप विकास हुने भएकाले शीघ्र रोजगारीमा प्रवेश गर्न व्यक्तिलाई सक्षमता प्राप्त हुने उहाँले बताउनुभयो ।
सम्मानलाई व्यक्तिको आत्मविश्वास र सामाजिक प्रतिष्ठाको रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
“जब व्यक्तिले आफ्नै सीपको आधारमा आय आर्जन गर्न थाल्छ, तब उसलाई समाजमा सम्मानका साथ हेरिन्छ,” उहाँले भन्नुभयो, “यसले आत्मसम्मान वृद्धि गर्नुका साथै परिवार र समाजप्रति जिम्मेवारी बोध समेत गराउँछ ।”
महानगरपालिका नगरवासीहरूको व्यक्तिगत विकाससँगै समग्र सामाजिक र आर्थिक उन्नतिमा साथ दिन प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बजारको माग अनुसार दक्ष जनशक्ति तयार गर्नु आजको प्रमुख चुनौती भएको बताउँदै यस्ता प्रकारका सीपमूलक कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो ।
आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न व्यवसायिक प्रतिष्ठान तथा तालिम केन्द्रहरूसँगको साझेदारीमा व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत नगरवासीहरूलाई आर्य आर्जन तथा जीविकोपार्जनका गतिविधिहरूमा सहभागी बनाउने महानगरको निरन्तर प्रयत्न जारी रहेको बताउनुुभयो ।
आर्थिक विकाश महाशाखाका प्रमुख मनहर कडरियाको सभापतित्व एवम् व्यवसाय प्रवद्धन केन्द्रका प्रमुख नवराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत गोकर्ण कार्कीले गर्नुुभएको थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी बास्तोला, मन्टेश्वरी एशोसिएसन कास्ककिा अध्यक्ष रिता पौडेल, मजदुरका तर्फबाट केशवराज भट्टराई र रोजगारतर्फबाट मञ्जु लामिछाने र स्वरोजगारतर्फ चन्द्र शर्माले महानगरले दिएको तालिमको प्रशंसा गर्नुभयो ।
तपाईको प्रतिक्रिया