रारा पोखरा स्पोर्टस अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको साथ
- Pokhara Express
- २०८३ बैशाख २३ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ । पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले १० औंं पोखरा स्पोर्टस अवार्डमा प्रायोजनमा रहेर साथ दिने भएको हो ।
फ्रेङ्कलिन इन्टरनेश्नल गु्रपका निर्देशक कमल खड्का र पोखरा स्पोर्टस अवार्ड मुल समारोहका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा बोल्दै फ्रेङ्कलिन इन्टरनेश्नल गु्रपका निर्देशक कमल खड्काले वैदेशिक शिक्षा, करियर काउन्सिलिङ, भाषा प्रशिक्षण तथा विद्यार्थी मार्गदर्शनसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको फ्रेङ्कलिनले खेलाडी र खेल क्षेत्रमा लागेको ब्याक्तित्वहरुको योगदानको आधारमा सम्मानका लागि अयोजना गरिने पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
निर्देशक खड्काका अनुसार फ्रेङ्कलिनले अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको छ । फ्रेङ्कलिनको केन्द्रीय कार्यालय बेलायतमा रहेको छ भने नेपालमा काठमाडौं र पोखरासहित पाँच स्थानमा शाखा विस्तार भइसकेको छ ।
पोखरा स्पोर्टस अवार्ड मुल समारोहका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले विदेशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको फ्रेङ्कलिनले पोखरा स्पोर्टस् अवार्डमा प्रायोजन गरी साथ र सहयोग गरेकोमा आभार प्रकट गरे । शैक्षिक क्षेत्रमा काम गर्दै खेल क्षेत्रमा समेत सहकार्य गर्नु आफैमा महान कार्य रहेको उनको भनाइ रहेको थियो ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), पोखरा एभेन्जर्स, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा सहारा क्लब पोखरा, सहारा युके, सहारा हङकङ, पोखरा महानगरपालिका वडा नं १ , वडा नं ३, वडा नं ९, वडा नं १० र वडा नं १५, गोर्खा हिल क्यास एण्ड क्यारी युके (चन्द्र÷शान्ता गुरुङ), पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला तेक्वान्दो संघ, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया, प्रेमकाजी गुरुङ अष्टे«लिया, राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक बहादुर थापा (पूर्व वडा सदस्य पो.म.न.पा. १०) लामा कलेक्सन न्यूरोड पोखरा, कास्की जिल्ला बास्केटबल संघ उपाध्यक्ष प्रेम पुन, हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया