हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
- Pokhara Express
- २०८३ बैशाख १८ शुक्रबार
कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१-८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट पारित गरिएको छ।
साथै, हेमजा युनाइटेड अन्तर्गत सञ्चालनमा रहेको एकेडेमीको प्रतिनिधित्व गर्दै दोस्रो पोकोमेट खुला महिला फुटसल फुटबल प्रतियोगिता–२०८३ मा प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो। उक्त प्रतियोगिता पोकोमेट पोखराको आयोजनामा २०८३ वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो। सम्मानित खेलाडीहरूले प्राप्त सम्मानले थप उत्साह र प्रेरणा मिलेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा नं। २५, हेमजाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिमिल्सिनाले हेमजा क्षेत्रमा खेलकुद विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक एकतामा हेमजा युनाइटेडले खेलेको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरिन्। साथै, वडा नं। २५ हेमजाका निवर्तमान अध्यक्ष एवं हेमजा युनाइटेडका सल्लाहकार शोभाकर तिम्सिना तथा सल्लाहकार नबराज अधिकारीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिका लागि सफलताको कामना गरेका थिए।
संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा खेलकुद तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य मनोज त्रिपाठीले गरेका थिए भने सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए। कार्यक्रममा , स्थानीय जनप्रतिनिधि, सल्लाहकार , खेलप्रेमी, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ,समाजसेवी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया