पोखरा एक्सप्रेस ,पोखरा, ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, दररेट सार्वजनिक एवम् क्यालेन्डर लोकार्पण गरेको छ ।
कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा प्रमुुख अतिथि पहारीले पर्यटक यातायातले नेपालको समग्र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुुभयो । नयाँ वर्षमा पर्यटन व्यवसायको विकासमा थप उपलब्धि हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभापति एवम् एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय तथा व्यवस्थित गराउनेतर्फ संघ लागिरहेको बताउनुुभयो । नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकाससँगै व्यवसायिक सफलता हासिल गराउने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
क्यालेन्डर प्रकाशन संयोजक एवम् संघका महासचिव श्याम लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्लाहकाहरू बोबरजंग गुरुङ, बाबुराम पाण्डे, सल्लाहकार गणेश सापकोटा, निवर्तमान अध्यक्ष दुर्गादत्त दहाल, दररेट प्रकाशन समितिका संयोजक एवम् संघका प्रथम उपाध्यक्ष विकासप्रसाद कंडेल लगायतले नयाँ वर्षका अवसरमा सबैमा पारिवारिक सुख शान्ति, समृद्धि सँगै व्यवासायिक सफलताको शुभकामना व्यक्त गर्नुुभएको थियो ।
तपाईको प्रतिक्रिया