“अजमेरा फैशन इंडिया” अब नेपालमै : कारखानाको दरमै सामग्री उपलब्ध गराउने
- Pokhara Express
- २०८२ असार २९ आइतबार
पोखरा एक्सप्रेस, २९ असार, काठमाडौं।
अब नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङ्गा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, सूटिङ लगायत सम्पूर्ण कपडा सामग्रीहरू सहज रूपमा उपलब्ध हुने भएका छन्।ब्लक बुल गार्मेन्ट ट्रेडिङमार्फत भारतको प्रतिष्ठित कपडा उत्पादक कम्पनी अजमेरा फैशन इंडियाले नेपाली बजारमा आफ्नो सेवा शुरु गरेको हो।
कम्पनीले सम्पूर्ण सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थल (फ्याक्ट्री) बाटै आयात गरिने स्पष्ट प्रतिबद्धता जनाएको छ। ग्राहकहरूले भारतकै फ्याक्ट्री दररेटमा सामग्री प्राप्त गर्न सक्नेछन्, जसमा केवल ढुवानी शुल्क र भन्सार महसुल मात्र थपिने व्यवस्था गरिएको छ।
जनसम्पर्क तथा प्रचारप्रसार सुदृढ बनाउन कम्पनीको नेपालस्थित सम्पर्क कार्यालय काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलामा स्थापना गरिएको छ।कम्पनीका प्रवक्ता तथा जनसम्पर्क अधिकारी अमर बहादुर चन्दका अनुसार, यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न, साथै पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गुजरातको नम्बर १ टेक्स्टाइल कम्पनीको नेपाल प्रवेश
भारतको गुजरातस्थित अजमेरा फैशन इंडिया— जसले मासिक १० लाख कपडाको उत्पादन गर्दै आएको छ— अब नेपालमा इन्द्रेणी भवन, नयाँ बानेश्वरबाट विधिवत रूपमा व्यापार सुरु गरेको छ।सन् १९९२ मा स्थापना भएको यस कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा व्यवसायी मानिन्छन्।
१ लाखभन्दा बढी बिक्रेता नेटवर्क रहेको यस कम्पनीले ३० भन्दा बढी देशमा व्यापार विस्तार गरिसकेको छ, र १ अर्बभन्दा बढी ग्राहकहरूको विश्वास जितेको दाबी कम्पनीले गरेको छ।
नेपालमा विगतदेखि नै ठुलो संख्यामा ग्राहक भए तापनि आधिकारिक बिक्रेता नहुँदा विभिन्न माध्यमबाट सामग्री आयात हुँदै आएको थियो। अब भने *ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. लि.*लाई नेपालको लागि आधिकारिक बिक्रेता नियुक्त गरिएको हो।सो कार्यको संयोजन गरेकी सोनी शर्माले ब्रान्डलाई नेपालको बजारमा प्रभावकारी रूपमा स्थापित गराउने विश्वास व्यक्त गरिन्।
प्रमुख महिला उद्यमीको नेतृत्वमा ब्लक बुल गार्मेन्ट ट्रेडिङ
ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. लि. की अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन्।उनले प्रीफ्याब प्यानल नेपाल (नेपालकै सबैभन्दा ठूलो प्रीफ्याब निर्माता), ब्लक बुल मल्टिपर्पोज (अलकत्रा आयात), र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आएकी छन।
तपाईको प्रतिक्रिया