१७ असार , काठमाडौँ ।
नेपाली फिल्म ‘आँखा’ इटालीको अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड जित्न सफल भएको छ । हरेक वर्ष आयोजना हुने यो फेस्टिभलमा फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड जितेको फिल्मका निर्देशक जोन योन्जनले जानकारी दिए ।फेष्टिभलको यो २९ औँ संस्करण आयोजना भएको हो । जसको वितरण आगामी सेप्टेम्बरमा हुनेछ । उत्कृष्ट अभिनेत्री विधामा अभिनेत्री स्मिता लामिछाने परेकी हुन् ।
फिल्मले नेपालका केही फेस्टिभलमा पनि अवार्ड जितेको थियो । फिल्मको सार्वजनिक प्रदर्शन प्राकृतिक प्रकोपका समय परेको कारण राम्रो हुन सकेन ।विजय बराल, स्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, आरके मेहता, पशुपति राई लगायतका कलाकारहरूको अभिनय छ ।‘यो सफलता हाम्रो टिमको मात्र नभई सम्पूर्ण नेपाली फिल्म क्षेत्रका लागि हो’, निर्देशक योन्जनले भने, ‘नेपाली कथा, अभिनय र सिर्जनाको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको कुरा हो ।’
तपाईको प्रतिक्रिया