पोखरा एक्सप्रेस ,पोखरा
।प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतको बाढी आइरहँदा गण्डकीका १२ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । गण्डकीमा कांग्रेसले २ सिट जित्दा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन् भने एमालेले कुनैपनि निर्वाचन क्षेत्रमा अहिले सम्म जित हासिल गर्न सकेको छैन् ।
१८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीको कास्कीसहित लम्जुङ, बागलुङ, पर्वत, तनहुँमा जित हासिल गरिसकेको छ । मनाङ र मुस्ताङमा कांग्रेसले जित हासिल गर्दा म्याग्दीमा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । यस्तै २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा पनि रास्वपाले १ सिट जितिसकेको छ । २ निर्वाचन क्षेत्र रहेको नवलपुरमा पनि एक निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।
अप्रत्यासित रुपमा रास्वपामा मतको सुनामी आइरहँदा गण्डकी प्रदेशका २ जिल्लाबाहेक सबैमा रास्वपाले एकछत्र जित हासिल गरेको छ । रास्वपाले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
कास्की १ मा गनेश पौडेल, २ मा उत्तम पौडेल र ३ मा विनाकुमारी गुरुङले विजयी हासिल गरेका छन् । लम्जुङमा धर्मराज केसी विजयी भएका छन् । तनहुँ १ मा स्वर्णिम वाग्ले र २ मा श्रीराम न्यौपाने विजयी भए । पर्वतमा सागर भुसाल विजयी भए । बागलुङमा सुशील खड्का र सोम शर्मा विजयी भए । स्याङजा १ मा धनन्जय रेग्मी विजयी भए ।
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन विजयी भएका छन् । म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुनले विजयी हासिल गरेका छन् । गोर्खाको दुवै निर्वाचन क्षेत्रमा समेत रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन् । १ मा सुधन गुरुङ र २ मा कविन्द्र बुर्लाकोटीले अग्रता लिइरहेका छन् । नवलपुर १ मा रास्वपाकै राजन गौतमले अग्रता लिएका छन् भने २ मा मनिष खनालले विजयी हासिल गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया