पोखरा एक्सप्रेस ,पोखरा।
पोखराको लामाचौरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको कार्यक्रमको पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र १६ नं. वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रुपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गरेका थिए । २६ औं संस्करणको सो कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ्य व्यक्तिले आफ्नो ईच्छाले गर्ने रक्तदानले बिरामीलाई नयाँ जीवन दिने बताए । अर्का वडाध्यक्ष तिमिल्सिनाले मानव जीवनमा रक्तदान जस्तो पुण्य कार्य अरु हुनै नसक्ने बताउँदै, मानवीय सेवामा संस्थाले खेलेको भुमिकाको प्रशंसा गरे ।
प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र केसीले शरिरमा खेर जाने रगत प्रत्येक तीन तीन महिनामा दान गर्दा शरिर स्वस्थ हुने जानकारी दिए । कार्यक्रममा संस्थाले आयोजना गरेको रक्तदानमा नियमित रुपमा २५ औं पटकसम्म रक्तदान गर्ने समाजका पुर्व अध्यक्ष नविन भण्डारीलाई सम्मान समेत गरिएको छ । सोही अवसरमा आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको सहसचिव राजकुमार पौडेलले जानकारी दिए । समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वीतिय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बाँनियाले गरेकी थिईन् । प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एल सी ब्रदर्श युनाइटेड, युवा रेडक्रस सर्कल गण्डकी मावि, जुनियर रेडक्रस सर्कल इन्द्रराज्यलक्ष्मी मावि, अनुग्रहको सत्सङ्ग लामाचौरले सहकार्य गरेका थिए।
तपाईको प्रतिक्रिया