पोखरा एक्सप्रेस ,काठमाडौं।
हेन्ली प्राइभेट वेल्थ माइग्रेसन प्रतिवेदन २०२६ अनुसार विश्वभर बसाइँ सरेर अर्को देश जाने करोडपतिको संख्या यस वर्ष रेकर्ड स्तरमा बढेको छ। प्रतिवेदनअनुसार यस वर्ष १६ लाख ५० करोडपति बसाइँ सर्ने अनुमान गरिएको हो।
गत वर्ष २०२५ लगभग १ करोड ४२ लाख करोडपतिले आफ्नो देश छाडेका थिए। सन् २०२४ मा यो संख्या बढेर १ करोड ३४ लाख पुगेको थियो। जबकि सन् २०१३ मा ५१ हजार मात्र थियो।
प्रतिवेदनका अनुसार ८५.३ अंकसहित यूएई बसोबासका लागि सबैभन्दा मन पर्ने देश बनेको छ।
यस्तै, अमेरिकाको सम्पत्ति गतिशीलता स्कोर केवल ६२.३ छ। अमेरिकाबाट अन्य देशको नागरिकता खोज्नेको संख्या सबभन्दा बढी छ। यीमध्ये आधा युरोपमा छन् र एक चौथाइभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा छन्।
सन् २०२४÷२५ मा बेलायतबाट आवेदन दिने १५ प्रतिशतले बढेका छन्। सन् २०२६ मा बेलायती ठेगानाबाट आवेदनको ५३ प्रतिशत विदेशी नागरिकबाट हुनेछ। यसको अर्थ ब्रिटिस नागरिक लगभग आधा थिए। यूएईको उच्चतम स्कोर ८५.३ छ। धेरैजसो माग यूएईमा आधारित विकल्प खोज्ने प्रवासी व्यवसायीको हो।
ग्रीसमा लगभग आधा लगानी नागरिकता आवेदन पोर्चुगल, इटाली, नेदरल्यान्ड्स र साइप्रसजस्ता युरोपेली देशबाट आउने गरेका छन्। स्पेनको गोल्डेन भिसा बन्द हुनु र पोर्चुगलले घरजग्गा मार्ग हटाइँदा ग्रीसले लाभ लिएको प्रतिवेदनमा उल्लेख छ।–एजेन्सी
तपाईको प्रतिक्रिया