पोखरा एक्सप्रेस ,एजेन्सीको सहयोगमा ।
बुधबार रुसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
सुरुमा भूकम्प ८.७ म्याग्निच्युडको भनिए पनि अमेरिकी भूगर्भ सर्वेक्षणले ८.८ मापन गरेको छ।
भूकम्पपछि रुसले सुनामीको चेतावनी जारी गरेको छ।
काठमाडौँ । बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ ।
भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ । रुसको सुदूर पूर्वमा कामचट्स्कीबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो ।
भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ ।
तपाईको प्रतिक्रिया