पोखरा १, फागुन
पोखरा महानगरपालिकाद्वारा घोषित ‘पोखरा भ्रमण वर्ष २०२५’ अभियानलाई सफलतापूर्वक कार्यान्वयन गर्न गठित कार्यसम्पादन समितिको संयोजकमा पर्यटन व्यवसायी गोपी भट्टराई र सहसंयोजकका रूपमा दामोदर भक्त थापा रहने चयन गरिएको छ । समितिमा १९ जना सदस्यहरू समावेश गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानाकारी दिनुभयो ।
पर्यटन क्षेत्रमा लामो अनुभव संगालि सकेका भट्टराई पोखरा पर्यटन परिषद् तथा रेवान पोखराका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी थापा पनि पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँ होटल तथा रेस्टुरेन्ट एसोसिएसनका पूर्व अध्यक्ष तथा सिड फाउण्डेशनका निर्देशक पनि हुनुहुन्छ ।
पोखरालाई ‘पर्यटनको राजधानी’ को रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वाकांक्षी उद्देश्यसहित अघि बढाइएको यो अभियानलाई प्रभावकारी बनाउन समितिले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँले पर्यटन व्यवसायी, नागरिक समाज, सरकार, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाहरूको सहकार्यमा पोखराको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य, साहसिक खेल पर्यटन, धार्मिक पर्यटकीय स्थलहरू तथा अन्य विविध आकर्षणहरूलाई विश्वभर प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्दै पोखराको आर्थिक समृद्धिमा टेवा पु¥याउने विश्वास गरिएको छ । साथै पोखरालाई दीर्घकालीन रूपमा पर्यटकहरूको आकर्षक गन्तव्य बनाउन आवश्यक नीति निर्माण, पूर्वाधार विकास तथा नवीन योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
भ्रमण वर्ष सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहने मूल समारोह समिति, विभिन्न उपसमितिहरू, निर्देशक समिति बनाइएको छ ।
तपाईको प्रतिक्रिया