शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।
नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बिहीबार राति बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्।
उनी नेतृत्वको सरकारमा रहने अन्य सल्लाहकार सदस्यहरूले पनि शपथ लिएका छन्।
बंगलादेशी अखबार ‘द डेली स्टार’ का अनुसार युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन्।
त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।
तपाईको प्रतिक्रिया