४ साउन, काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीका तर्फबाट सरकारलाई सुझावपत्र बुझाएका छन् ।
पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरुले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर सुझावपत्र बुझाएका हुन् । सरकारले गर्नुपर्ने कामहरुको लामो सूची तयार पारेर एमालेले बुझाएको सुझाव पत्रमा केही राजनीतिक निर्णय लिन पनि आग्रह गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरी नेपाली कांग्रेससँग एमालेले गरेको संविधान पुनरावलोकनको सहमति कार्यान्वयन गर्न पनि एमालेले माग राखेको छ । ‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणली सम्बन्धी संविधानका व्यवस्थाहरु र राजनीतिक दल सम्बन्धी कानूनको पुनरावलोकन गर्न, आवश्यकताका अनुसार संशोधन गर्न र विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिइएको छ’, पत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया