काठमाडौं, साउन ।
सरकारले मन्त्रिपरिषदका पाँच समिति गठन गरी संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको छ ।बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र बिष्णुप्रसाद पौडेललाई महत्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेललाई संयोजक तोकको छ ।
यस्तै प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखकलाई तोकिएको छ ।
तपाईको प्रतिक्रिया