पोखरा एक्सप्रेस ,काठमाडौँ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू राहत सामग्री लिएर बाढीबाट प्रभावित रसुवाको टिमुरेतर्फ लागेका छन् ।टोलीले चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, भुजालगायत खाद्यान्नसँगै सोलार प्यानल, ब्याट्री, लत्ताकपडा र मेडिकल सामग्री लिएर गएको छ ।
अभियानको टोलीले सोमबार नुवाकोटको देवीघाट, त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको थियो ।रसुवा जाने क्रममा बाटोमै गाडी बिग्रिएपछि टोलीले अन्य प्रयोजनका लागि रसुवा जाँदै गरेको टिपरको सहयोगमा राहत सामग्री स्थानान्तरण गरेर यात्रा अघि बढाएको छ । कालिकास्थानसम्म टिपरमार्फत सामान पुर्याएर त्यहाँबाट अर्को गाडीमा लोड गरी धुन्चे पुर्याउने र मंगलबार दिउँसो लक्षित प्रभावितलाई वितरण गर्ने अभियानका अजय सोडारीले बताए ।
आजको टोलीमा अजय सोडारी, प्रकाश बम, प्रज्वल लिम्बू र मणि सुन्दर लिम्बू सहभागी छन् ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले आगामी दिनमा पनि राहत सामग्री सङ्कलन तथा वितरणलाई निरन्तरता दिने जनाएको छ । तत्कालीन राहत तथा उद्धारको चरणपछि पुनर्निर्माणका लागि ५० जनाको टोली परिचालन गर्ने योजना पनि अभियानले बनाएको छ ।
तपाईको प्रतिक्रिया