पोखरा एक्सप्रेस ,चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा कृष्णभीरको पहिरोका कारण यातायात प्रभावित भइरहेका बेला त्रिशूली नदीले सडक छेउको करिब १ किलोमिटर भाग नै कटान गरेको पाइएको छ ।सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ चेनिज ३१+०५० मा आइतबारको बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो ।
नदीले सडक छेउको भाग कटान गरेपछि उक्त सडकखण्डमा यात्रा गर्दा सुरक्षित तथा सतर्क रहन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ ।कटानबाट भएको क्षतिको थप विवरण लिन डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ गएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
प्राविधिक टोलीको स्थलगत निरीक्षणपछि कटानबाट भएको क्षति तथा सडकको अवस्थाबारे थप विवरण आउने जनाइएको छ ।
तपाईको प्रतिक्रिया