पोखरा एक्सप्रेस ,काठमाडौँ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची-घ्याङमा ८९.६ मिलिमिटर मापन गरिएको छ। यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशहरूमा पनि हल्कादेखि मध्यमसम्म वर्षा दर्ता भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशभर मौसम बदली भएको हो।आज देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। देशका पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया