समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।
समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ ।
समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिए ।
समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया