पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् ।
उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो ।सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा आज बिहान ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया