प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिन्छ–मन्त्री रिमाल
- Pokhara Express
- २०८३ जेठ ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
गण्डकी प्रदेश सरकारका उद्योथ तथा पर्यटन मन्त्री यशोदा रिमालले प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडा र १५ को टुटुङ्गालाई जोड्ने सेतीनदी माथिको प्राकृतिक पुलको स्थलगत अवलोक गर्दै उहाँले प्रकृतिको अनुपम उपाहारका रुपमा अवस्थित उक्त पुलको गुरुयोजना तयार गरि पर्यटकीय स्थलकोरुपमा विकास गरिने बताउनुभयो ।
“यति ठूलो नदीमाथि ढुङ्गा र माटोबाट प्रकृति निर्मित हजारौं बर्ष पुरानो इतिहास बोकेको पुपल आपैंmमा अद्भुत सम्पदा हो” मन्त्री रिमालले भन्नुभयो,“यसको संरक्षण गर्दै व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके महत्वपूर्ण पर्यटकीय स्थल बन्न सक्छ ।”
उहाँले प्राकृतिक, धार्मिक तथा पुरातान्विक महत्व बोको उक्त क्षेत्रको दीर्घकालीन संरक्षणसंगै पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्रालयका नाउमा रहेको पोखरा ६ लेकसाईडको क्याम्पिङचोक र पोखरा १५ टुटुङ्गामा रहेको जग्गाको संरक्षणसंगै उत्पादनसंग जोड्नु पर्नेमा उहाँको जोड थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले प्राकृतिक सम्पदाको संरक्षण गर्दै उजागर गर्न सवै पक्षको साथ र सहयोग अपरिहार्य रहेको वताउनुभयो । उहाँले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको उक्त प्राकृतिक पुलको प्रभावकारी प्रचारप्रसार खाँचो औल्याउँदै पर्यटक आकर्षणका लागि आवश्यक भौतिक विकास गर्नुपर्नेमा जोडदिनुभयो ।
पुलको संरक्षण र आसपासको क्षेत्रको सौन्दर्यकरण गर्दै पुलको तल्लो भागको दृश्यावलोकनका लागि सिसाको पुल निर्माण गर्नु पर्नेमा जोड दिर्दै प्रमुख लामिछानेले भन्नुभयो, यसले पुरातान्तिवक, धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको छ ।
पोखरा १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले प्राकृतिक धरोहरलाई जोगाई राख्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताउँदै महानगरकोतर्पmवाट निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले लगभग ९० मिटर गहिराई र ५६ मिटर चौढाईको सो पुलबाट जथाभावि यातायातका साधन आवतजावत गर्दा दिनप्रतिदिन कमजोर बन्दै गएको बताउँदै संरक्षणका लागि ठूलो यातायातका साधान तत्काल रोक्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
सो अवसरमा पोखरा १७ का वडासदस्य एवम् स्थानीय शिवराम भण्डारी, १५ वडा सदस्य वलराम पौडेल, जानकी माविका प्रधानाध्यापक अर्जुन कडेल, सदाशिव सिद्धेश्वर हरिहरि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा, सचिव हरिहर भण्डारी, स्थानीय शंकर भण्डारी लगायतले पुलको महत्व माथि प्रकाश पार्दै यसको संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदान सुचिमा सुचिकृत गर्नु पहल गर्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।
तपाईको प्रतिक्रिया