नेविअप्रको २३औँ वार्षिकोत्सवस् एआई युगअनुकूल शिक्षा सुधार र मानव पूँजी विकासमा जोड
- Pokhara Express
- २०८३ जेठ ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान ले आफ्नो २३औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रमले एआई, डिजिटल रूपान्तरण, शिक्षा सुधार र मानव पूँजी विकासका विषयमा गहन बहस र नीतिगत सन्देशहरू प्रस्तुत गरेको छ।
वि।सं। २०६० मा स्थापना भएको नेविअप्र हाल देशको अग्रणी सोच केन्द्र ९थिंक ट्यांक० का रूपमा स्थापित संस्था हो, जसले प्रमाणमा आधारित नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रियस्तरका प्रवचन, बहस र छलफल कार्यक्रम आयोजना गर्दै आएको छ।
यस वर्षको २३औँ वार्षिकोत्सव २०८३ जेठ ५ गते ललितपुरस्थित होटल द प्लाजामा सम्पन्न भएको थियो। कार्यक्रम तीन सत्रमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेविअप्र की कार्यकारी निर्देशक डा। शिखा थापा मगरले स्वागत मन्तव्य दिनुका साथै उपस्थित सबै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले नेविअप्रले प्रमाणमा आधारित अनुसन्धानमार्फत समावेशी नीति निर्माणमा योगदान गर्दै आएको र नेपालका यूवा जनशक्तिको सम्भावनालाई डिजिटल युगअनुकूल दिगो तथा समतामूलक विकासतर्फ रूपान्तरण गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय, डा. गुणाकर भट्टले कृत्रिम बौद्धिकता र डिजिटल रूपान्तरणको युगमा समावेशी तथा दिगो आर्थिक रूपान्तरण हासिल गर्न मानव पुँजी, उत्पादकत्व, नवप्रवर्तन, अनुसन्धान तथा संस्थागत क्षमताको सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले “आजका युवाहरू नै भोलिका उद्यमी, नीति निर्माता, राजनीतिज्ञ र पेशाकर्मी हुन्” उनीहरू नै हाम्रो समाजका परिवर्तनका संवाहक हुन्।” त्यसैले उनीहरूमा लगानी, शिक्षामा सुधार र प्रविधिमा आधारित रूपान्तरणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिदै राष्ट्रिय योजना आयोगले उक्त छलफलका निष्कर्षलाई नीतिगत सुझावका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी बोर्डका उपाध्यक्ष तथा विशिष्ट अतिथि प्राध्यापक डा. बिन्दु नाथ लोहानीले कृत्रिम बौद्धिकता, डिजिटल रूपान्तरण तथा बदलिँदो विश्व अर्थतन्त्रबाट सिर्जित चुनौती र अवसरहरूलाई सम्बोधन गर्न नेपालको उच्च शिक्षा प्रणालीलाई समयसापेक्ष, सीपमूलक, अनुसन्धानमा आधारित, स्वायत्त तथा भविष्यउन्मुख बनाउन तत्काल सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। “यस शताब्दीमा सीपविनाको डिग्री कमजोर हुन्छन्, तर मूल्य मान्यता बिनाका सीप पनि जोखिमपूर्ण हुन्छन्। त्यसैले हामीलाई दुवैको सन्तुलन आवश्यक लोहनीको भनाइ थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री, सुरेन्द्र प्रसाद पाण्डेले आफ्नो उद्घाटन मन्तव्यमा नेपालले समावेशी आर्थिक समृद्धिका लागि जलविद्युत्, पर्यटन तथा भारत र चीनबीचको भौगोलिक अवस्थाजस्ता तुलनात्मक लाभहरू रणनीतिक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कृत्रिम बौद्धिकताले नेपालमा आय असमानता बढाउन सक्ने सम्भावना औँलाउँदै डिजिटल युगका अवसरसँगै त्यसका जोखिमप्रति पनि गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उद्घाटन समारोहका अध्यक्ष तथा नेविअप्र का अध्यक्ष डा. जय कुमार गुरुङले समापन मन्तव्यमा वार्षिकोत्सव कार्यक्रममा उपस्थित प्रमुख तथा विशिष्ट अतिथिहरू, कूटनीतिक नियोगका प्रतिनिधहरु, विज्ञ तथा देश विदेशबाट सहभागी जनाउनु हुने सबै प्रति आभार व्यक्त गर्नुभयो। उहाँले आजको डिजिटल युगमा नेपालको विकासका लागि शिक्षा प्रणालीमा सुधार, ज्ञान आदान प्रदान र क्षेत्रीय सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। साथै, यस प्रवचन शृङ्खलाले विगतदेखि नै राष्ट्रिय विकासका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्दै आएको कुरा पनि उल्लेख गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया