पोखरा एक्सप्रेस ,काठमाडौं।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी हालसम्म ९१ क्षेत्रमा विजयी भएको छ। आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ। तीन स्थानमा अगाडि रहेको छ। नेकपा एमाले सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएको छ। तीन स्थानमा अग्रता लिएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन्।
तपाईको प्रतिक्रिया