पोखरा एक्सप्रेस ,काठमाडौं।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म ९९ करोड ६५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।
राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनी गत आर्थिक वर्षको यसै अवधिसम्म ८२ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो। गत वर्ष खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष करिब १ अर्ब खुद नाफा गरेको हो।
गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी बढेकाले खुद नाफा भएको लिमिटेडले जनाएको छ। गत वर्ष ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी विद्युत बिक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो।
वित्तीय खर्च पनि यो वर्ष गत वर्षभन्दा कम भएको छ। गत वर्ष २ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यो वर्ष २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी भएको हो। हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ।
रिटर्न अर्निगमा ११ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम ऋणात्मक छ। दीर्घकालिन कर्जा ६८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा २ अर्ब १ करोड ९२ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३९० रुपैयाँ ८८ पैसा छ।
तपाईको प्रतिक्रिया