पोखरा एक्सप्रेस ,पोखरा ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल मौसमको कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु÷कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज रात तराई भू–भागका केही स्थानमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
तपाईको प्रतिक्रिया