लमजुङ। ठाडाराई समाजलाई टाइब्रेकरमा पराजित गर्दै साबिक विजेता एपीएफ क्लब ३३औं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेशिसहरस्थित त्रिवेणी रंगशालामा बिहीबार सम्पन्न खेलमा एपीएफले ५–४ को जित निकालेको हो। एपीएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, प्रदीप लामा, मणिकुमार लामा र सन्तोष खत्रीले गोल गरे।
ठाडाराईका आषिश चापागाईं, शिसिर लेखी, करिम र देवेन्द्र तामाङले गोल गरे। तर, उत्सव राईले भने गोल गर्न सकेनन्।
अब एपीएफले फाइनल पुग्न आयोजक त्रिवेणी युथ क्लब र लम्जुङ मर्स्याङ्दीबीचको विजेतासँग खेल्नेछ।
कार्डको वर्षा भएको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो। चौथो मिनेटमै यामीले गोल गर्दै ठाडाराईलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ४९औं मिनेटमा प्रदीपले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। यो खेलमा एपीएफका मणि र प्रदीपसँगै बुद्धिमान राई र दीपेश धिमालले पहेंलो कार्ड पाए।
ठाडाराईका देवेन्द्र र यमीलाई पनि यही कार्ड देखाइएको थियो।
‘ए’ डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पाखा लगाउँदै लाङ्दीदेवी ३३औं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
योसँगै एनआरटी प्रतियोगिताबाट बाहिरिने काठमाडौंको पाँचौं क्लब हो। यसअघि नै समाज कल्याण, श्री भगवती, चित्लाङ एफसी र सातदोबाटो युथ क्लब घर फर्किसकेका छन्।
त्रिवेणी रंगशालामा बिहीबार सम्पन्न खेलमा लाङ्दीदेवीले टाइब्रेकरमा ९–८ को जित निकालेको हो।लाङ्दीदेवीका कप्तान आशिष गुरुङ, रणदीप पौडेल, सरोज गुरुङ, रोशन पहारी र पदम भट्टराईले गोल गरे। यस्तै, सुजन डंगोल, प्रमिज गच्छादर बिशण गुरुङ र गणेश हिमालले गोल गरे। आदित्य शाक्यले भने गोल गर्न सकेनन्।
एआरटीका रोशन खड्का, सानेम लिम्बू, विज्ञान खड्का, कप्तान कृतिशरत्न छुन्जु, पुजन होना, विवेक गुरुङ, माइकल गर्बुजा र जुनियरले गोल गरे।चेतन थारु र शोता आत्सोमीले भने गोल गर्न सकेनन्। लाङ्दीदेवीले फाइनल प्रवेश गर्न अब ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र लालीगुराँसबीचको विजेतासँग खेल्नेछ।
तपाईको प्रतिक्रिया