पोखरा एक्सप्रेस ,काठमाडौँ ।
प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो । बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।
अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन् । प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनीयताको कसुरमा प्रयोग गरिएका कम्प्युटर लगायतका सामाग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।
तपाईको प्रतिक्रिया