पोखरा एक्सप्रेस ,काठमाडौँ ।
पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाले ज्यान गएका हुन् ।
काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहिका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।राउत र नेपालीको वीर अस्पतालमा र मण्डलको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउतको मृत्यु गत शनिबार भएको हो ।
गणेश नेपालीले गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको आज राती करिब दुई बजे उपचारको क्रममा मृत्यु भएको हो । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
तपाईको प्रतिक्रिया