पोखरा एक्सप्रेस ,लमजुङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गर्दा कसैले बहुमत नपाएपछि अशोक सापकोटा सर्वसम्मत सभापति चयन भएका छन्।
सुरुवाती निर्वाचनमा सापकोटाले सर्वाधिक ६९ मत पाएका थिए, तर बहुमत नपुगेपछि दोस्रो धेरै मत ल्याउने भोलानाथ शर्माले उनलाई समर्थन गरेका थिए।
यसैगरी, उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले र सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले तथा श्याम गुरुङ विजयी भएका छन्।
पोखरा । रास्वपा लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गरेकोमा कसैले पनि बहुमत नपाएपछि दोस्रो चरणमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सुरुमा भएको निर्वाचनबाट अशोक सापकोटाले सर्वाधिक मत प्राप्त गरेका थिए ।
उनले ६९ मत पाएका थिए भने दोस्रो हुने भोलानाथ शर्माले ४९ मत पाए । तेस्रो बनेका हरिबहादुर धितालको ३३, चौथो रहेका विजय रञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत पाए ।
रास्वपाको विधान अनुसार कसैले पनि बहुमत नपाए धेरै मत पाउने २ जनाबिच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर, दोस्रो धेरै मत पाएका शर्माले पहिलो बढी मत ल्याएका सापकोटालाई नै समर्थन गरेका हुन् ।
योसँगै उपसभापतिमा सन्तोषी गौली ८६ मत सहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ र अर्का उम्मेदवार बाबुराम अधिकारीले १९ मत पाए ।
सचिवका उम्मेदवार मिना खड्काले १ सय १९ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्र शर्माले २८ र अर्का उम्मेदवार मिलन शर्मा दनाईले २५ मत पाए ।
सहसचिवमा ६६ मत ल्याएर गोविन्दबहादुर घले विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ र अर्का प्रतिस्पर्धी महेन्द्रबहादुर थापाले ४० मत पाएका छन् । सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भएका छन् ।
तपाईको प्रतिक्रिया