पोखरा एक्सप्रेस ,काठमाडौ ।
काठमाडौं। नेपाल बिमा प्राधिकरणमा हालसम्म ५४३ वटा उजुरी परेका छन्। प्राधिकरणको बिमा प्रतिविम्बअनुसार चालू आर्थिक वर्ष २०८२÷८३ वैशाखसम्म गरी नयाँ र पुरानासहित ५४३ वटा मुद्दा परेका हुन्।
१० महिनामा मात्रै केन्द्रीय कार्यालयमा १०४ वटा र प्रदेशमा ४५ वटा मुद्दा दर्ता भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षका बाँकी रहेका ३९४ उजुरीको फैसला अझै हुन सकेको छैन।
गत आर्थिक वर्षको सोही अवधिमा केन्द्रीय कार्यालयमा १४४ र प्रदेश कार्यालयमा ९१ गरी २३५ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो आव २८७ र पुनरावेदनबाट आएका ३ मुद्दा गरी गत आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ५२५ वटा मुद्दा दर्ता भएका थिए।
वैशाखसम्म ११७ वटाको उजुरीमा फैसला हुँदा ४० वटा सहमतिमा टुंगाएर १५७ वटा फर्स्योट भएका छन्। प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरी फैसला र ४६ वटा सहमतिमार्फत १३१ वटा मुद्दा फर्स्योट गरेको तथ्यांक छ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकअनुसार ३८६ वटा उजुरी विचाराधीन छन्।
तपाईको प्रतिक्रिया